अर्थ-वाणिज्य

नेकपा केन्द्रीय समिति बैठक कपिलवस्तुमा, मिसन ८४ मा निर्वाचनमा भाग लिने



कपिलवस्तु ५ बैशाख ।नेकपा केन्द्रीय समिति बैठक कपिलवस्तुमा जारी रहेको छ सो बैंककमा बिप्लब्ले पेश गरेको प्रतिबेदनमा मिसन ८४ मा निर्वाचनमा भाग लिने रहेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय समितिको ५औ पूर्ण बैठक पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा बसिरहेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०ले बताए ।
बैठकमा महासचिव विप्लवको ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनाबारे छलफल हुनेछ । यो प्रस्ताव यसअघि सचिवालय र पोलिटब्यूरो समितिले पारित गरेको थियो ।बैठकको प्रारम्भमा महासचिव विप्लवले प्रस्तावको मूल भावबारे सम्बोधन गरेका थिए । बैठकमा पार्टीको आगामी कार्ययोजनासहित समाजवादी मोर्चासहित पछिल्ला समसामयिक राजनीतिक घटनाबारे पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६