खोज–अनुसन्धान

लुम्विनीमा एकै दिन २ पटक मन्त्री मण्डल विस्तार : मन्त्रीको कार्य विभाजन यस्तो छ




बुटवल ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका छन् ।एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री महराले अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।यसअघि बिहीबार नै महराले एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री नियुक्त गरेका थिए । यससँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।नवनियुक्त मन्त्रीको शपथ आज बेलुका ५ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने जनाइएको छ।यता मुख्यमन्त्री महराले नेकपा एमालेका ४ सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका एकरएक तथा स्वतन्त्र सांसद एक जनालाई मन्त्री नियुक्त गर्नु भएको छ ।
नियुक्त हुने मन्त्रीहरुमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलबस्तुका अर्जुन रकुमार केसी, रुपन्देहीका भुमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री, नाउपाका धर्मबहादुर चौधरी, नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री नियुक्त हुनु भएको छ ।यसैगरी सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा, नेकपा एकीकृत समाजबादी र स्वतन्त्र सांसदले एकरएक मन्त्रालय भागबन्डामा परेको छ ।
यसैबीच यस अघि बिना बिभागीय मन्त्रीको सपथ लिनु भएका मन्त्रीहरूको कार्य विभाजन समेत गरिएको छ । मन्त्रिमण्डल बिस्तार संगै तीन जना बिना बिभागीय मन्त्रीहरूको कार्य विभाजन गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।जस अन्तर्गत एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि मन्त्रालय , भस्मिश्वर ढकालालाइ शहरी विकास तथा खानेपानी मन्त्रालयकोको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।मुख्यमन्त्री महराले एकीकत समाजवादीकी सांसद भगवती अधिकारीलाई पनि मन्त्रीमा नियुक्त गरे संगै आज मात्रै सपथ ग्रहण गर्ने मन्त्रीको संख्या ७ पुगेको छ । समाजवादीको लगातार दबाबपछि मुख्यमन्त्री महराले सांसद अधिकारीलाई मन्त्री नियुक्त गर्नु भएको हो । यस अघि मुख्यमन्त्री महराले एमालेका ५ र एक स्वतन्त्र सांसदलाई मन्त्री नियुक्त गर्नु भएको थियो ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६