ब्रेकिंग न्युज

नयाँ बर्षको शुभकामना सहित भित्तेपात्रो बिमोचन ,कपिलवस्तु लुम्विनी कै मेरुडण्ड : मन्त्री अधिकारी



कपिलवस्तु ८ बैशाख । नेकपा एमाले कपिलवस्तु काठमाडौं सम्पर्क मंचद्वारा नयाँ बर्ष को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन गरिएको छ ।भुमी ब्यबस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले बिमोचन गर्दै संपर्क मञ्चको रचनात्मक कामको प्रशांसा गर्नु भयो । उहाले यतिबेला कपिलवस्तु लुम्विनी प्रदेशकै सबै भन्दा महत्वपूर्ण क्षेत्रको रुपमा स्थापित हुदै गएको वताउनु भयो । एमाले कपिलवस्तुले पार्टी कामलाई सघन ढंगले अघि वढाएर विगतको निर्वाचनमा हासिल गरेको उल्लेख्य नतिजाका कारण यतिबेला कपिलवस्तुको भूमिका बढेको स्पष्ट पार्नु भयो ।उहाले आफू मन्त्री भएको एक महिना वढी हुन लागेको वताउर्दै यस बीचमा धेरै काम अघि वढाएको वताउनु भयो ।

संपर्क मंचका अध्यक्ष सुनिल भटटराइको अध्यक्षता र सचिब खेमराज आचार्यको सन्चालन्मा भएको कार्यक्रममा एमाले केन्द्रीय नेता सिराज अहमद फारुकीले वोल्दै संपर्क मञ्चको भूमिका जिल्लालाई सरकारसंग जोड्न महत्वपूर्ण हुने वताउनु भयो । संघि क्षेत्र ३ का सांसद मङल गुप्ताले नयाँ वर्षले सबैलाई नयाँ उत्साह थप्ने विश्वास ब्यक्त गर्नु भयो ।जिल्लाका तर्फबाट युवा नेता बिश्व कार्की मंचका तर्फबाट पुष्प खनाल र विशाल गैरेले शुभकामना दिनु भएको समरोहमा एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा प्रदेश नेता बबुराम खनाल टेकराज पौडेल जिल्ला नेता भेषराज पाण्डे कर्मचारी संगठनका नेता प्रकाश गौतम लगायत एकसय वढीको सहभागीता थियो ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६