अर्थ-वाणिज्य

गुल्मीका बिभिन्न स्थानमा भिषण आगोलागी




गुल्मी ९ बैशाख । शुक्रबारदेखि गुल्मीक बिभिन्न स्थानमा आगोलागी हुँदा दर्जनौं घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तीसहित करोडौंको क्षति भएको छ । शनिवार दिउँसो आगोलागी हुँदा दर्जनौ घर गोठ जलेर नष्ट भएका छन् शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका ३ र ४ को बीचमा पर्ने जंगलमा आगोलागी हुँदा बिरबास सवस्टेशन रहेको स्टोर जलेर दुई करोड बढी मुल्य बराबरको ईलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए । त्यस्तै शनिवार हावाहुरीसँगै जिल्लाका विभिन्न पालिकामा आगोलागी हुँदा दर्जनौ घर गोठ जल्नुका साथै केहि मानिसहरु घाईते भएका छन ।

पशु चौपायहरु मृत्यु भएका छन । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी शंकर पोखरेलले दिएको जानकारी अनुसार इस्मा गाउँपालिका–२ को सिधुङखा सामुदायिक वनमा लागेको आगो त्यस गाउँसहित हाँडिखोला समेतको गरी यो समाचार तयार पार्ने बेलासम्म १५ वटा घर गोठ गरी त्यति नै संख्यामा शौचालय जलेर नष्ट भएका छन् ।

ठूलो सङ्ख्यामा पशु चौपायहरु जलेर नष्ट भएका छन् । त्यस्तै नम्वर नखुलेको एउटा ट्याक्टर जलेर नष्ट भएको छ । त्यसका चालक उजुङ्घ निवासी हिमाल राना घाईते भएका छन । त्यस्तै जेसिभी चालक मुसिकोट नगरपालिका ७ पल्टारका प्रेम राना पनि गम्भीर घाईते भएका छन ।

उता इस्मा गाउँपालिका ४ को हुला मुड्कीनामा ४ वटा गोठ जलेर नष्ट भएका छन । एउटा लैनो भैसी, एउटा गाई र १० वटा बाख्रा परेका छन । त्यस्तै मुड्किननामा शनिवार अपरान्ह सम्म ७ वटा घर जलेर नष्ट भएको र थप करिव १० वटा घर जोखिममा रहेको त्यहाँका वटाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए ।

यता धुर्कोट गाउँपालिका ६ को धुर जंगलमा भिषण आगोलागि भएको स्थानीयवासी तथा पत्रकार भरत पाण्डले जानकारी दिदै भने हामी त गाउँ जोगाउन चारैतिर खटिएका छौं । त्यस्तै मुसिकोट नगरपालिकाको ९ को अर्लाङकोटको जंगलमा पनि भिषण आगोलागी भएको छ ।

त्यहाँकी वडाध्यक्ष भोमा गुरुङका अनुसार अपरान्ह सम्म ३ वटा घर एउटा गोठ जलृेर नष्ट भएका छन । ३ वटा भैसी मरेका छन । त्यहाँको आगो नियन्त्रण भन्दा बाहिर रहेको वडाध्यक्ष गुरुङको भनाई छ । उता रुरुक्षेत्र गाउँपालिका १ को भडकुवा गाउँको चारैतिर आगो लागी हुँदा ५ वटा घर गोठ पुर्ण रुपमा जलेर नष्ट भएको, ७ वटा पशु चौपाय मरेको र झण्डै दुई दर्जन घर गोठ उच्च् जोखिमा परेको स्थानीयवासी विकास ज्ञवालीले जानकारी दिए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार रेसुङ्घा नगरपालिका, गुल्मीदरबार गाउँपालिका छत्रकोट, मदाने गाउँपालिकामा पनि आगोलागि भएको छ । प्रजिअ शर्माले भने अहिले हामी इस्माका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणका लागि फिल्ड मै छौं, यहाँ सहित आगोलागि भएका सबै स्थानमा तिनै वटै सुरक्षा निकाय खटिएको छ । सुरक्षा निकाय मात्रै प्रयाप्त नहुने हुँदा आम नागरिकलाई जुट्न म आव्हान गर्दछु ।’

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६