अर्थ-वाणिज्य

लुम्बिनीमा जसपा बाहिरियो समर्थन भने कायमै



दाङ ९ बैशाख । जनता समाजवादी पार्टीबाट लुम्विनी सरकारमा बाहिरिएको छ । जसपाबाट सरकारमा सहभागी कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले सरकारबाट बाहिरएको घोषणा गर्नु भएको छ । मन्त्री अहिरले मन्त्री पदबाट राजिनामा दिंदै सरकारबाट बाहिरएको घोषणा गर्नु भएको हो । मुख्यमन्त्री जोखबहादुर महराले दुई वटा मन्त्रालय दिने सात बुँदे लिखित सहमति गरेपनि पछिल्लो समय उक्त सहमित उल्लंघन गरेको भन्दै सरकार बाट फिर्ता हुने निर्णय गरेको जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष असोककुमार यादवले जानकारी दिनुभयो ।
सरकारवाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने अध्यक्ष यादवले बताउनुभयो । मन्त्री अहिरले पार्टीको निर्णय अनुसार आफूले राजीनामा दिएको बताउनुभयो । मुख्यमन्त्री र गठबन्धनका दलहरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्म विपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताउनुभयो । जसपाका ३ सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । यद्यपी सरकारको स्थिरतामा भने अन्योलता पैदा भएको छ ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६