अर्थ-वाणिज्य

डढेलो निभाउन गएको दमकल मै आगलागी : प्रति परिवारलाई एक लाख राहत




बुटवल, १३ वैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार विदउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो । तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यता गुल्मीको इस्मा गाउँपालिकाले अग्नि पीडितको घर निर्माणका लागि प्रति परिवार तत्काल एक लाख रुपियाँ उपलब्ध गराउने भएको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकबाट पालिकाभित्र आगलागीबाट पूर्णरुपमा क्षति पुगेका घरपरिवारलाई एक–एक लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ । गाउँपालिकाको विभिन्न स्थानमा गत शनिबार हावाहुरीसहित लागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ घर र ४९ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट १९९ नागरिक प्रभावित भएका छन् । वर्षायाम सुरु हुन थालेकाले पीडित परिवारको घर निर्माणको लागि एक–एक लाख रुपियाँ गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।
अग्नि पीडित परिवारको घर निर्माणको कार्य तत्कालै सुरु गरेर अन्य ठाउँबाट समेत स्रोत जुटाउन सबैको प्रयत्न जारी रहने अध्यक्ष खड्काले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा (मनसुन जन्य विपद्) मार्फत प्रति परिवारलाई थप चार लाख रुपियाँ व्यवस्थापन गर्ने समेत निर्णय गरिएको उहाँको भनाइ छ । गत आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक र गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको मासिक तलबको पाँच प्रतिशत रकम पीडितलाई राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको थियो । अग्नि पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पूर्ण क्षति भएका प्रत्येक घरपरिवारलाई तत्काल राहत स्वरूप प्रति घर २० हजार रकम प्रदान गरिएको छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले जिन्सी र नगद उपलब्ध गराइरहेका छन् । राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोगसँगै नगद रकम राहत कोषमा उपलब्ध गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित : १३ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६