अर्थ-वाणिज्य

एमालेमा पहिलेका ३ प्रतिस्पर्धी अहिलेका सहयात्री कि पुन प्रतिस्पर्धी ?




कपिलवस्तु १३ बैशाख । नेकपा एमाले कपिलवस्तुको २६ बैशाखमा शुरु हुने १० औ जिल्ला अधिबेशन यसपाली विगतमा भन्दा फरकपनका साथ हुने भएको छ । विगतमा एउटै पदमा प्रतिस्पर्धा गरेका ३ जना यूवा नेता यतिवेला सहयात्री बनेर विभिन्न भूमिकामा रहदै अधिबेशन सफल पार्ने प्रतिबद्धताका साथ अघि बढेकाछन् । सचिव पदमा प्रतिस्पर्धा गरेका विश्व कार्की र भेषराज पाण्डेले यसपाली आफूहरु एउटै पदमा उम्मेदवार नवन्ने सामुहिक प्रतिवद्धता गरेको दावि गरेकाछन् । यस्तै सचिव पदमै प्रतिस्पर्धा गरेका सिवि गहत राज पनि यसपाली भेषराज पाण्डे वा विश्व कार्कीसंग प्रतिस्पर्धा गर्ने मूडमा नरहेको वताएका छन् ।
गहतराजले तपाई हामी एउटै पदमा प्रतिस्पर्धा गर्दा पार्टीलाई क्षेती भयो भनेर फरक भूमिकामा रहने प्रतिवद्धता गरौ भनेर आफूले अन्य २ जनालाई आग्रह गरेको वताए । यस्तै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका ३ जना नेता मध्ये नेत्र राज अधिकारीले यसपाली आफू अध्यक्षको प्रत्यासी नुहने स्पष्ट पारे । यसै गरी अध्यक्षका प्रतिस्पर्धी वावुराम खनालले डम्मेर शर्मा र आफू बीच सहमतिमा नेतृत्वमा आउने अवस्था वनोस भन्ने आफूले चाहेका वताए । यता अध्यक्षका अर्का उम्मेदवार डम्मर शर्माले आफ्नो कार्यकाल सकिन ९ महिना वाकी रहदै अधिबेशनमा जानृु पर्ने भएकोले आफूलाई अझै एक कार्यकाल काम गर्न दिन अन्य नेतालाई अपिल गरेको वताउदै प्रतिस्पर्धावाट नभई सहमतिवाट नेतृत्व छनौटको पक्षमा आफू रहेको प्रेसपाटीलाई वताए ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६