प्रदेश

श्रमिकहरुको अधिकार सुनिश्चितताको पक्षमा एमालेः अध्यक्ष शर्मा




कपिलवस्तु, १९ वैशाख ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले अन्तराष्ट्रिय श्रमिक दिवस तथा १३५ औं मजदुर दिवस ( मे १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रमिक, मजदुर वर्ग प्रति उच्च सम्मान ब्यक्त गर्दै सुख, शान्ती एवम् समृद्धिको शुभकामना ब्यक्त गर्नुभएको छ । अध्यक्ष शर्माले एक शुभकामना सन्देश जारी गर्दै श्रमजीवि, मजदुर वर्गको हक, हित र अधिकार सुनिश्चितताको पक्षमा नेकपा (एमाले) ले निरन्तर पैरवी गर्दै आएको भन्दै शुभकामना ब्यक्त गर्नुभएको हो ।

शुभकामना सन्देशमा नेपालको संविधानले ब्यवस्था गरेको समाजवाद उन्नमुख अर्थतन्त्र निर्माणका निम्ति श्रमजीवि वर्गको भूमिका सुनिश्चित हुनुपर्नेमा पार्टीको निरन्तर जोड एवम् दृष्ट्रिकोण रहेको र वर्तमान अवस्थामा दैनिक जसो ठूलो मात्रामा युवा जनशक्ति वैदेशिक रोजगारीका निम्ति विदेशिन बाध्य भएको परिस्थीति छ भनी उल्लेख गरिएको छ । त्यस्तै यस्तो विशम परिस्थीतिमा युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण निर्माणमा तीनै तहका सरकार एवम् राजनैतिक दलको गंभिर ध्यान जानु आवश्यक रहेकोमा जोड दिईएको छ ।


कम्युनिष्ट आन्दोलनले विश्वका श्रमीक एक हौं भन्ने मूल नारालाई आत्मसाथ गर्दै निरन्तर अगाडी बढेकाले श्रमिकको मर्यादित काम, सम्मान, उचित पारिश्रमिकबाट मात्र उत्पादन र उत्पादकत्व वृद्धि संगै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न सकिने पार्टीको विश्वास रहेको अध्यक्ष शर्माको हस्ताक्षरित शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित : १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६