कपिलवस्तु, वैशाख १९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुको दशौं जिल्ला अधिवेशनका लागि आज एकै समयमा प्रतिनिधी छनोट कार्य सम्पन्न भएको छ । अधिवेशनका लागि प्रतिनिधी छनोटको एउटै समय ११ः०० बजे तय गरिएको र अधिवेशनका लागि करिव ५ सय बढी प्रतिनिधी चयन भएको एमाले जिल्ला संगठन विभागले जनाएको छ । बैशाख २६ र २७ गते सुन्दर औद्योगिक नगरी चन्द्रौटामा आयोजना हुने जिल्ला अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के.पी.शर्मा ओलीले गर्नु हुने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । यता बाणगंगा नगरपालिकाबाट मात्रै १ सय २० जना प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।
१९ बैशाख २०८१, बुधबार
प्रतिक्रिया