प्रदेश

कपिलवस्तुको विजयनगरका दुई गाउँमा आगलागी, ५० बढि घरगोठ नष्ट




कपिलवस्तु, १९ वैशाख ।
कपिलवस्तुको विजयनगरका दुई वटा गाउँमा बुधवार आगलागी भएको छ विजनगर गाउँपालिका वडा ५ को डालपुर र नौरगिया गाउँमा दिउसो २ बजेबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीका कारण २८ वटा घर,२५ वटा गोठ र ३ वटा भन्साघर जलेको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो । चार घण्टा पश्चात दमकल प्रहरी र स्थानीयहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।


हावाहुरीका कारण खेतबारी बाट गाउँमा आगो सल्किएको हुनसक्ने ईलाका प्रहरी कार्यालय गणेशपुरले अनुमान गरेको छ । आगलागीको विस्तृत जानकारीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवराज,महाराजगंज र कृष्णनगरको दमकलले आगो निभाइएको स्थानीयहले बताएका छन् ।

प्रकाशित : १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६