कपिलवस्तु २१ वैशाख। गएको अप्रिलमा नेपालमा एक लाख ११ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना पर्यटक नेपाल आएका छन् ।यो सङ्ख्या गएको वर्षको तुलनामा १२ दशमलव ७६ प्रतिशतले धेरै हो । यस्तै कोभिड–१९ महामारी शुरु हुुनुभन्दा अघि सन् २०१९ को अप्रिलमा भन्दा यो वर्षको अप्रिलमा झन्डै दुई हजार जनाभन्दा धेरै पर्यटक आएका बोर्डले जनाएको छ । यसरी हेर्दा पछिल्लो पाँच वर्षका अप्रिलमध्ये यो वर्षको अप्रिलमा सबैभन्दा धेरै पर्यटक आएका छन् । अप्रिलमा सबैभन्दा धेरै भारतबाट ३० हजार एक सय ५८ जना पर्यटक भित्रिएका छन् ।
२१ बैशाख २०८१, शुक्रबार
प्रतिक्रिया