प्रदेश

गुल्मीको चन्द्रकोटमा पशुचौपाया ओसारपसारमा रोक



गुल्मी, २१ वैशाख । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसार रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु बिक्री वितरण तथा ओसारपसार नगर्नरनगराउन अनुरोध गरेको हो ।

गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक र व्यवसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको तर, स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै निकासी भइरहेको भन्दै बिक्रीवितरणसहित ओसारपसारमा रोक लगाउनुपरेको दाबी गरेको छ ।

‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको’, सूचनामा भनिएको छ, ‘यसको नियन्त्रण र नियमनका लागि पालिकाको अर्को व्यवस्था लागु नहुन्जेल यस किसिमका पशु चौपायाहरु विक्री वितरण तथा ओसारपसार नगर्नु नगराउनुहुन अनुरोध छ ।’
गाउँपालिकाभित्रै पनि पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिन र नलिएमा कारबाही गरिनेसमेत पालिकाले चेतावनी दिएको छ ।

‘पालिकाभित्र यस किसिमका कार्यहरु गर्नु परेमा अर्थात भैसी जातका चौपायाहरु विक्रि वितरण गर्नुपर्ने भएमा वा पालिकाबाट अन्यत्र लैजानुपर्ने भएमा खरिदकर्ता र विकेता विचको चौपाया पाल्ने प्रयोजनका लागि खरिद विकि भएको व्यहोरा खुल्ने कागजात पेश गरी गर्न अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६