प्रदेश

ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु



दाङ, २३ वैशाख । दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउँदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडी बस्नुभएका खाँलाई आइतबार करिव ११ बजेतिर ठक्कर दिदा उहाँको मृत्यु भएको मल्लले जानकारी दिनुभएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनु भएका खाँलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार प्रहरीले ठक्कर दिने ट्रकसहिच तुलसीपुर उपमहानगरपालिका–१३ निवासी चालक गंगाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।

प्रकाशित : २३ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६