ब्रेकिंग न्युज

अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना पक्राउ




बुटवल, २५ वैशाख ।अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्ने १३ जना नै भारतीय हुन् ।पछिल्लो समय बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई बुटवल प्रहरीले प्रकाउ गरेको हो । पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मार्न पुगेको थियो ।
प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोवाईल लगायतका सामान नियन्त्रणमा लिएको छ । ईलाका प्रहरा कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले १३ जना भारतीय प्रक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको बताए ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६