प्रदेश

दाङमा अटो दुर्घटनामा चालकको मृत्यु



घोराही, २९ वैशाख । दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर बजारबाट पैयाँखोरेतर्फ जाँदै गरेको अटो शनिबार बिहान दुर्घटनामा परेको हो । अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खोलामा खस्दा गम्भीर घाइते हुनुभएको चालक घर्तीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६