प्रदेश

घोराहीमा दिनदहाडै दुई जना महिलाको हत्या



दाङ, २९ वैशाख ।

दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ।

घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

‘बञ्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको छ,’ उनले भने, ‘हत्यामा संलग्न एक व्यक्ति हाम्रो नियन्त्रणमा छन्।’

एसपी केसीका अनुसार दुई जना महिला कोठा भाडा बस्दै आएका थिए। घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको केसीले बताए।

हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले बताए।

सुनारको पहिलोको घर सुर्खेत र बुढाको पहिलेको घर रूकुम रहेको खुलेको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुई जना महिलाको हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन्।

उनी पेसाले अटो चालक हुन्। प्रहरीका अनुसार उनी पछिल्लो समय घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका थिए।

दुई महिलाको हत्याको कारण खुलिनसकेको र घटना अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६