रुपन्देही३० वैशाख।रुपन्देहीको लुम्बिनीमा २५६८ औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने तयारी गरिएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउन तयारी गरेको हो । आगामी जेठ १० गते परेको बुद्ध जयन्ती एवं लुम्बिनी दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कोषका उपाध्यक्ष संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिनुभयो । उपाध्यक्ष लामाले प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछानेलाई समेत भेट गरी बुद्ध जयन्तीका लागि निमन्त्रणा गरेको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताउनुभयो ।
बद्ध जयन्ती एवं लुम्बिनी दिवसलाई व्यवस्थित बनाउनका लागि कोषले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा ५६८ सदस्यीय मूल आयोजक से कोषका सदस्यसचिव सानुराजा शाक्यले उल्लेख गर्नुभयो ।दिवसका अवसरमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ एवं लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, विभिन्न देशका राजदूतलगायतका उच्च ओहोदा व्यक्तिहरूलाई निम्ता गरिएको कोषले जनाएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउने गरिन्छ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत तिलौराकोट, रामग्राम र देवदहमा पनि विभिन्न कार्यव्रmम गरी बुद्ध जयन्ती मनाइँदै छ । बुद्ध पूर्णिमालाई नेपालसहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्यान्ड, म्यान्मार, मङ्गोलिया, कम्बोडिया, श्रीलङ्का, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन् । यस्तै नेपालसहित चीन, भारत र युरोपलगायतका देशमा सम्मानका साथ मनाउने गरिएको छ । नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेका हुन् । लुम्बिनीमा विसं २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्ध जयन्तीकै दिन सरकारले लुम्बिनी दिवस पनि मानाउन थालेको हो । विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसङ्घले बुद्ध जयन्तीलाई मान्यता प्रदान गरी ‘वैशाख डे’ का रूपमा विश्वभर रहेका आफ्ना सबै कार्यालयमा बुद्ध जयन्ती मनाउन बिदा दिने गरेको छ ।
३० बैशाख २०८१, आइतबार
प्रतिक्रिया