अर्थ-वाणिज्य

ठूला अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त मन्त्रीको निर्णय




बपिलवस्तु ३१ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन्।मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहालीपछि उनले पहिलो निर्णयका रूपमा सोमबार ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्नेसम्बन्धी फाइलमा सही गरेका हुन्।मन्त्री यादवका अनुसार, बिरामीको बढी भिड हुने अवस्थालमा प्राथमिकतासाथ जनशक्ति थपिनेछ।

जसअन्तर्गत पहिलो चरणमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार जनशक्ति थप गरिने भएको छ।जसपा नेपालका उपेन्द्र यादव सोमबार बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खान नियुक्त भएका हुन्। उनीहरूले सोमबार नै शपथ लिएका थिए।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६