प्रदेश

पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते



पाल्पा, ०३ जेठ । गएराति पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।

गएराति नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा निस्दी गाउँपालिका ४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

‘घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। दुर्घटनामा जिपका चालक पनि घाइते भएका छन्,’ डीएसपी श्रेष्ठले भने, ‘गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र रेफर गरिएको छ। अधिकांश घाएत्का् नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६