अर्थ-वाणिज्य

जेष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालन गर्ने पहिलो पालिका बन्यो बाणगंगा




सीता बेल्बासे,
क्पिलवस्तु ४ बैशाख । कपिलवस्तुको वाणगंगा नगरपालिका दिवा सेवा संचालन गर्ने पहिलो पालिका बनेको छ । यहा जेष्ठ नागरिक दिवा सेवा केन्द्र ब्यबस्थापन तथा सञ्चालन कार्यक्रम शुक्रबारबाट सुरु भएको हो । वाणगंगा नगरपालिकाको आर्थिक सहयोग राष्ट्यि जेष्ठ नागरिक समाज नेपाल वडा न.४वडा कार्य समितिको आयोजनामा वाणगंगा नगरपालिका बाट दिवा सेवा केन्द्र ब्यबस्थापन तथा सञ्चालन कार्यक्रम सुरु भएको राष्ट्यि जेष्ठ नागरिक समाज नेपाल वडा न.४वडा कार्य समितिका अध्यक्ष भोजराज आचार्यले बताउनु भयो । साथै उहाँले जेठ ४ गते बाट नगरपालिका र उद्योग बाजिष्यसंघबाट सुरु भई जेठ १२ गते समापन हुने बताउनु भयो ।
जेष्ठ नागरिको लागि भेटघाट जमघट साथै आफना मनका कुरा साटासाट गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको जिकिर गर्नु भयो । वाणगंगा नगर पालिका प्रतिनिधि भगवति आचार्यले सहभागिता जनाउदै जेष्ठ नागरिक समाजका सम्मानित र बुद्धिमानि नागरीक भएको बताउनु भयो ।साथै सबैले माया ममता दिनु पर्ने बताउनु भयो । नगरपालिकाले पनि जेष्ठ नागरिक समाजको लागि कार्यक्रम बढाउनेमा आशाबादि दिलाउनु भयो । जेष्ठ नागरिकहरु ,नगस्तिरीय सदस्य धनिस्वर पौडेल, जिवनारायण पाण्डे,वडाकोषाध्यक्ष यमलाला आचार्य लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्ष वडा न.४वडा कार्य समितिका अध्यक्ष भोजराज आचार्यको थियो भने सनचालन सचिव दिनानाथ पौडेलले गर्नु भएको थियो ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६