अर्थ-वाणिज्य

सामुदायिक बनद्धारा विपन्न परिवारलाई स्वास्थ्य विमा कार्यक्रम लागु




भगवती न्यौपाने
कपिलवस्तु ४ जेठ। श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समिति कपिलवस्तुले अति विपन्न परिवारलाई स्वास्थ्य विमा कार्यक्रम गरेको छ । वनको आर्थिक वर्ष २०८०र८१ को वाषिर्क स्वीकृत कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरेको हो । श्रृङ्गिघाट सामुदायिक वन नगरको १,३,४,र ५ वडा पर्दछ । कार्यक्रम १४ मौजामा लागु हुने छ । एउटा मौजाबाट अति विपन्न ७ परिवारलाई स्वास्थ्य विमामा समाबेश गराईने छ । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मि मगरले शिक्षा र स्वास्थ्य हरेक व्यक्तिको पहिलो प्राथमिकता रहेको बताउदै देश विकासका यसको भुमिका ठुलो रहने बताउनु भयो । वडामा बाटोघाटो भएन भनेर धेरै गुनासो आउछन् तर शिक्षा र स्वास्थ्य सम्बन्धि कुरा लिएर कमै मात्रामा आएको बताउदै समाज परिवर्तनको प्रमुख खम्बा शिक्षा र स्वास्थ्य रहेको रुपष्ट पार्नु भयो । जिल्लामा पहिलोपटक श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समितिले यस्तो कार्यक्रम गरेको बताउदै प्रशंसा समेत गर्नु भयो ।
वडा नम्बर १ का वडा अध्यक्ष सन्जु सारुले समाज रुपान्तरण गराउन शिक्षा र स्वास्थले महत्तवपूर्ण भुमिका खेल्ने बताउदै यसमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उद्योग वाणिज्य संघका अध्यक्ष गणेश वहादुर क्षेत्रिले सरकारले स्वास्थ र शिक्षामा बढि भन्दा बढि लगानी बढाउनु पर्ने जोड दिनु पर्ने । अझै पनि समाजमा कतै कतै स्वास्थ विमाको बारेमा नबुजेको बताउदै यसको प्रचार प्रचार गर्न आवश्यक रहेका बताउनु भयो । साथै उहाँले अति विपन्न परिवारलाई मात्रै होइन हरेक व्यक्तिलाई स्वास्थ विमामा जोड्नु पर्ने बताउदै हरेक पालिका देखि हरेक सामुदायिक बनले यसको सिको गर्न आवश्यक रहेको बताउनु भयो ।
स्वास्थ्य विमा दर्ता सहयोगी ठाकुर प्रसाद प्रोख्रेलले स्वास्थ विमाको बारेमा बताउदै यसबाट सेवा लिन सबैलाई आग्रह गर्नु भयो । यसमा नेपाल सरकारले तोकिएको औषधि मात्रै प्राप्त हुने बताउदै एक पटक विमा गरे वाफत १ वर्षलाई हुने र पुर्न अर्को वर्ष सेवा लिन विमा कार्ड रिनु गर्नु पर्ने बताउनु भयो । साथै उहाँले अर्को बर्ष सेवा लिन माग, फागुन र चौतको १५ गते भित्र रिनु गरिसक्नु पर्ने जानकारी भयो । संस्थाका सल्लाहकार जंगबाहादुर क्षेत्री, दरखास मौजा संयोजक शालिकराम भुसालले बोल्दै यो कार्यक्रम समाजको लागि अति सान्दर्भिक रहेको बताउदै सरकारले नै गरिव विपन्न परिवारलाई स्वास्थ्य विमा निशुल्क गराईदिन पर्ने बताउनु भयो ।
गणेश बहादुर सिह ठकुरीको अध्यक्षता, उपाध्यक्ष बुद्ध बाहादुर शाहिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सुस्मा खाण्डले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी सल्लाकार विभिन्न संघ संस्थामा आवद्ध ,संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको हो । स्वास्थ बीमाको आबद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्छ । परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट बार्षिक १ लाख सम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्छन् ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६