प्रदेश

कपिलवस्तुका होटलमा छड्के अनुगमन, तीन होटललाई जरिवाना



कपिलवस्तु, जेठ ५ गते । कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटलमा छड्के अनुगमन गरिएको छ । बसमा सवार यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना–खाजाको गुणस्तर, मूल्यसूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र प्रहरीसहितको संयुक्त टोलीले होटलका अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कैफियत देखिएका बस यात्रुलाई खाना खुवाउने होटेललाई जरिवाना गरिएको थियो ।

बासी सडेगलेका खाना फेला परेका, सरसफाइमा ध्यान नदिएका, खाना नढाकी फ्रिजमा राखिएको फेला परेका होटेललाई पहिलो पटक पाँच हजारका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताउनुभयो ।

अनुगमनका क्रममा सामान्य त्रुटि भएका होटललाई सुझाव दिएर त्रुटि सच्चाउन आग्रह गरिएको खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तुका प्रमुख शङ्कर दाहालले बताउनुभयो । राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटलमा उपभोक्ताको धेरै गुनासो आउने भएकाले छड्के अनुगमन गरिएको हो ।

प्रकाशित : ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६