अर्थ-वाणिज्य

२५६८ औ बुद्ध जयन्ती मनाउने तयारी तीब्र




कपिलवस्तु ५ जेठ ।तीन वटा बुद्धको जन्म थलो रहेको प्राचिन कपिलवस्तुमा यस बर्ष २५६८ औ बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले मात्र २ लाख बजेट तोकेको छ । यही जेठ १० गते लुम्बिनीमा भब्यरुपमा २५६८ औ बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । तर खुला संग्राहलयकारुपमा र बुद्धसंग सम्बन्धी धेरै स्थलहरु रहेको प्राचिन कपिलवस्तुमा भने कोषले बिगत देखि नै दिवसकालागि न्युन बजेट बिनियोज गर्दैै आएको छ । बुद्ध जयन्ती समारोह कपिलवस्तु समन्वय उप समितिको तौलिहवामा राखिएको बैठकमा समितका संयोजक तथा कोषका सदस्य राम नरेश प्रसाद कहारले बुद्ध जयन्ती मनाउन यस बर्ष कपिलवस्तुकालागि २ लाख बजेट बिनियोजन गरिएको बताए । कोषमा यस बर्ष आर्थिक अभावले गर्दा बिगत भन्दा बजेट निकै कम भएको बताए । गत बर्ष कपिलवस्तुकालागि ७ लाख बजेट बिनियोजन गरिएको थियो ।
सो बजेटले जिल्लमा रहेका सबै बुद्ध स्थलमा जेठ ९, १० र ११ गते साझ दिप प्रज्जवलन गर्ने तथा जेठ ११ गते लुम्बिनी देखि तिलौराकोट सम्म शिशु बुद्धको शोभा यात्रा गरी तिलौराकोटमा सभा गर्ने कार्यक्रम तय भएको उप समितिका सह संयोजक तथा लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले बताए । कोषमा बजेट बिनियोजनकालागि पहल गरिए पनि बजेट अभावले कपिलवस्तुकालागि २ लाख मात्र बजेट बिनियोजन गरिएको बताए । कोषले कपिलवस्तु सहीत बुद्धको मावली देवदह, अस्तुधातु रहेको रामग्राममा समेत उप समिति बनाई कार्यक्रम गर्ने जनाएको छ । बुद्धको क्रिडास्थल तथा युनेस्कोमा दर्ताकालागि पेश गरिएको तिलौराकोट सहीत ढेड सय बुद्ध स्थल रहेको प्राचिन कपिलवस्तुलाई कोषले सधै चेपुवामा पर्ने गरेको युवा नेता प्रकाश घिमिरेले बताए । उनले यो २ लाख बजेट पनि औपचारिताकालागि मात्र कोषले दिएको आरोप लगाए । प्राचिन कपिलवस्तु गौतम बुद्ध भन्दा पहिले जन्मेका कनकमुनी र क्रकुुछन्द बुद्धको जन्म र कर्मथालो हो । सम्राट अशोकले निर्माण गरेका २ वटा अशोक स्तम्भ समेत यही छन । यस्तै धमनिया स्तुपा, निग्रोधराम कुदान, सगहराहवा, सिसहनीया कोटा समेत यही रहेका छन । तर ती स्थल बुद्ध जयन्तीमा समेत सुुनसान हुने गरेको स्थानीयबासीको गुनासो छ । कोषले बुद्ध जयन्तीकालागि अर्थ मन्त्रालयसंग एक करोड रुपैया माग गरेको थियो ।

प्रकाशित : ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६