प्रदेश

बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु



बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ । बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने २ महिला घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ बर्सिया कमला नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुसलेको ठक्कर दिएको थियो ।

उक्त एम्बुलेन्स ठक्करबाट पैदल हिँडेका सोही ठाउँका ५५ बर्सिया कमला नेपाली र ३५ बर्सिया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६