प्रदेश

बुटवलबाट १३ जुवाडे पक्राउ



बुटवल, ६ जेठ ।

बुटवलको जितगढी स्थित जगत्रादेवी होटलबाट तास खेलिरहेको अवस्थामा मालिक सहित १३ जना जुवाड पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

दिउँसो होटलमा ताल खेलिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले होटल मालिक सहित १३ जना जुवाडेलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपपरीक्षक विजय राज पण्डितले बताए ।

होटलमा दैनिक मानिस जम्मा गरेर तास खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेको उनले बताए । जुवा खेल्नेहरूबाट ६४ हजार नगद समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडि बढाईएको प्रहरी प्रमुख पण्डितको भनाई छ ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६