कपिलवस्तु, ०६ जेठ । लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेको छ । आइतबार मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १०७ को उपनियम २ बमोजिम सो विधेयक प्रदेशसभामा पेश गरेका हुन् ।
यसअघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको थियो । यो विधेयकमा ९ वटा खण्डहरू रहेका छन् । यसअघि लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रूपमा जारी भइसकेको छ ।
स्थानीय सेवा र निजामती कर्मचारी विधेयक सँगसँगै अघि बढ्नुपर्ने भए पनि निजामती कर्मचारी विधेयक पारित भएपछि मात्रै स्थानीय सेवाको विधेयक अघि बढाइएको छ ।
प्रतिक्रिया