खोज–अनुसन्धान

एमाले बाँकेको अध्यक्षमा निरक विजयी




वाँके ८ जेठ ।नेपालगन्ज जेठ ७। नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मत गणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।गुरुङले २९१ मत प्राप्त गर्दा बिसीले १५४ मत मात्र प्राप्त गर्न सकेका छन्। निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री बिजयी भएका छन्। प्रदेश सरकारका सामाजिक बिकास मन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएका छन्। उनीसँग चुनाव लडेका युवा उम्मेदवार रबिन्द्र लम्सालले १३८ मत पाएका छन्। त्यसैगरि सचिव पदमा बलराम भट्टराई १३९ मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले १०६ मत, भिम वलीले९५ मत र दत्त आचार्यले ८८ मत पाएका छन्।

उपसचिव महिलामा निर्मला सुनार बिजयी भएकी छन् भने पुरुषमा किशोर थापा बिजयी भएका छन्। निर्वाचन समितिबाट घोषणा हुन भने बाँकि छ।उपाध्यक्ष खत्री बिसी प्यानलबाट र सचिव भट्टराई गुरुङ प्यानलबाट चुनाव लडेका थिए।निवर्तमान अध्यक्ष किस्मत कक्षपतीले चुनाबी मैदानबाट बाहिरिँदा आफ्ना उम्मेदवार भनेर मत मागेका उपाध्यक्षका उम्मेदवार लम्साल र सचिवका उम्मेदवार आचार्य दुबै पराजित भए।नवौं जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनको बन्द शत्रमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला९महिला०मा यमकुमारी ओली, सदस्य खुल्ला ९पुरुष० मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य ९आदिवासी जनजाती०मा अंकित श्रेष्ठ, सदस्य९दलित०मा लिलमान दमाई, सदस्य ९मधेसी०मा लालतारा ९अजय गद्दी०, सदस्य ९युवा पुरुष०मा ज्ञानेन्द्रराज वली र सदस्य ९युवा महिला०मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित भएका छन्।

नरैनापुर गाउँपालिकाबाट सदस्य ९खुला महिला०मा सुनेना मिश्र, सदस्य खुला ९पुरुष०मा पारशनाथ पाण्डे, सदस्य ९मधेसी०मा राजकुमार तिवारी, सदस्य ९युवा०मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ।त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य ९आदिवासी जनजाती महिला० मा मनिसरा श्रेष्ठ, सदस्य ९मुस्लिम०मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित भएका छन्। डुडुवा गाउँपालिकाबाट सदस्य खुला९पुरुष०मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला९महिला०मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित९महिला०मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित९पुरुष०मा बुद्धिबहादुर बि।क।, सदस्य युवा ९पुरुष०मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम ९महिला०मा तलतप्रविण खान, सदस्य युवा९महिला०मा सुमन गिरी श्रेष्ठ, सदस्य ९आदिवासी जनजाती जनजाती महिला०मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् ।जानकी गाउँपालिकाबाट सदस्य खुला ९महिला०मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला९पुरुष०मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य ९युवा०मा हिमान्सु यादव र सदस्य आदिवासी जनजाती०मा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन्।त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य ९मधेसी०मा साविर जोलाह, सदस्य ९मुस्लिम०मा जैनुल आवद्धिन खाँ, सदस्य ९महिला०मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला९महिला०मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित महिलामा मनमाया चुनारा र सदस्य युवा ९महिला०मा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन्।

सदस्य जिल्ला खुला ९महिला०मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा ९खुला०मा सुमन घिमिरे, सदस्य जिल्ला युवा ९मुस्लिम०मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु ९पुरुष०मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु९महिला०मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएका छन्।त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य ९महिला०मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य ९खुल्ला० मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६