कपिलवस्तु ९ जेष्ठ ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो । नागरिकता कीर्ते प्रकरणमा हिजो काठमाडौंमा पक्राउ परेका सिरोहियालाई रातभरि स्थलमार्ग हुँदै बिहान धनुषा ल्याइएको थियो ।
९ जेष्ठ २०८१, बुधबार
प्रतिक्रिया