प्रदेश

बाणगङ्गामा जारी ३ दिने कृषि मेला, बाली प्रर्वद्धन गर्ने लक्ष्य



कपिलवस्तुको वाणगङ्गामा ३ दिने कृषि मेला प्रर्दशनी गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित कृषि मेलामा कृषि औजार र बाली प्रर्दशनी गरिएको हो । 


 नेपाल बिउ तथा मल परियोजना (सिमिट) को आयोजनामा बुद्ध रङ्गशालामा बुधबारबाट सुरु भएको मेलाको दोश्रो दिन पनि किसानको उत्साहजनक सहभागिता रहेको जनाईएको छ ।

कृषि अत्याधुनिक प्रविधि, निशुल्क कृषि परामर्श, निशुल्क माटोको परीक्षण, बिभिन्न जातजातिका बिरुवाहरूको प्रदर्शनी र धानका उन्नत जातहरूको बारेमा जानकारी दिइएकाले मेलामा दोश्रो दिन मानिसहरको भीड बढेको आयोजक सिमिटका बजार व्यवस्थापक डाक्टर नारायण प्रसाद खनालले बताए ।


मेलामा कृषि सम्वद्ध बिभिन्न ४४ स्टल राखिएको उनले बताए । सबै स्टलमा कृषि सम्बन्धी परामर्शको साथमा आवश्यक पर्ने चिज र वस्तु खरिद गर्न सकिने उनी बताउँछन् । धानको सिजन भएकाले उन्नत जातका बिउ विजन बारे बुझ्ने सबालमा धेरै चासो देखिएको उनले बताए ।

बुधबार कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले आयोजकलाई धन्यबाद दिए । धानको बिउबिजन राख्ने समयमा आयोजना गरिएको मेलाले किसान दाजुभाइ दिदीबहिनीलाई निकै टेवा दिने बताए । पछिल्लो समय कृषिबाट आत्मनिर्भर बन्नुपर्छ भन्ने भावना कोही कसैमा नरहेको बताए ।

प्रशस्त सम्भावना हुँदाहुँदै पनि काम नगर्ने बानीले आयात बढिरहेको उनले बताए । एउटा बोका पनि किनर खाने स्थिति रहेको उनको भनाई छ । पन्थीले निर्वाहामुखी खेती प्रणालीले कहिल्यै प्रगति नहुने भन्दै कृषिलाई नाफामा लैजान आग्रह गरे ।
मेलाबाट अधिकतम लाभ लिन उनले आग्रह गरे ।

बाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगरमा कृषि उत्पादकत्व बढेको दावी गरे । २०७४ साल अघिको डाटा र त्यसपछिको डाटामा धेरै फरक रहेको बताउँदै नगरमा उत्पादनको मात्रा वृद्धि भइरहेको अर्यालले बताए । अर्यालले अब निर्वाहमुखी भन्दा पनि नाफामुखी भएर कृषि फर्म, उद्योग चलाउन आग्रह गरे ।

कृषि निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक राम प्रसाद पाण्डे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सहसराम चौधरी, कृषि क्याम्पस पक्लिहवाका प्रमुख राम भजन मण्डल, कृषि ज्ञान केन्द्रका भाष्कर पौडेल नरेश धिताल लगायतले बोल्दै मेलाको अधिकतम फाइदा लिन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्र, बाणगङ्गा नगरपालिकाको सहकार्य र अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोगमा मेला भएको हो ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६