प्रदेश

मधुवन सामुदायिक वनद्वारा उपभोक्ताको क्षमता अभिवृद्धिका लागि सामग्री प्रदान




हरि घिमिरे, १३ जेठ । 
मधुवन सामुदायिक वन उपभोक्ता समुहले क्षमता अभिवृद्धिका लागि विभिन्न सामग्री प्रदान गरेको छ । वनले आफ्ना उपभोक्ताहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न सामग्री प्रदान गरेको हो । शनिवार वनको सभाहलमा एक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरिएको छ । 


बाणगङ्गा वडा न. ८ मा रहेको मधुवन सामुदायिक वनमा ५ वटा टोल रहेका छन् । तिनै टोलका १० समुहलाई वनले बाध्यबाधनका सामग्री र खेलकुदका सामग्री दिएको हो । वनले समुहको रुचि अनुसारका सामग्री उपलब्ध गराएको वनका अध्यक्ष शान्त बिक्रम पौडेलले बताए । उनले प्रदान गरिएका सामग्रीले उक्त समुहलाई आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास लिए । उनले वनले वन विकास मात्रै नभएर समुदायमा आधारित लक्षित कार्यमा पनि आफूहरूको ध्यान पुगेको बताए । 


वनले बाजा बजाउन जान्ने आफ्ना उपभोक्तालाई बाजा खरिदका लागि रु ५० हजारको चेक हस्तान्तरण गरेको छ । यस्तै केही समुहलाई भजन कृतनका सामग्री तथा केही समुहलाई मादल लगायत मनोरञ्जनका सामग्री प्रदान गरिएको हो । यस्तै युवा तथा बालबालिका लाई खेलकुदका सामग्री समेत हस्तान्तरण गरिएको थियो  । 


हस्तान्तरण कार्यक्रम पछि मगर बाजा समुहकी देवकला सोमैले वनले दिएको पचास हजारले बाजा खरिद गर्ने बताइन । उनले आफ्नो समुह व्यवसायिक भएतापनि सामग्रीको अभावले भने जति व्यवसायिक बन्न नसकिएको बताइन । उनले वनलाई धन्यवाद दिदै भनिन  “हामीलाई व्यवसायको बलियो जग बसाल्न वनले ठुलो सहयोग गरेको छ, आगामी दिनमा पनि गर्नेछ ।” यस्तै सबै समुहले वनलाई धन्यवाद व्यक्त गर्दै हसिलो मुहार बनाएका थिए । 


वनका उपाध्यक्ष शालिकराम भुसालको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव अनिता थापाले गरेकी थिइन । कार्यक्रममा वनका सल्लाहकार पोमनारायण पौडेल, तुल्सी प्रसाद अर्याल, लेखा समिति सदस्य काशिराम घिमिरे तथा सय भन्दा बढि उपभोक्ताहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६