कपिलवस्तु १३ जेठ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकाका मेयरसहित ४ जनालाई एक महिनाको जेल सजाय सुनाइएको छ ।काठमाडौं जिल्ला अदालतले अदालतको अवहेलना मुद्वामा मेयर मिठाराम अधिकारीसहित तीन जनालाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको हो ।न्यायाधीश डा। राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडा सदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैद सजय सुनाइएको छ ।अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै अदालतको अवहेलना गरेको अदालतको ठहर छ ।
१३ जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया