प्रदेश

७५ सामुदायिक कुकुरको बन्ध्याकरण



पाल्पा, १७ जेठ । तानसेन नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । तानसेन नगरभित्रका १७ कुकुरको बन्ध्याकरण गरिएको हो ।

सामुदायिक कुकुरका कारण समस्या बढेपछि शिविर राखेर बन्ध्याकरण गरिएको बताइएको छ । योसँगै कुकुरलाई रेबिजविरुद्ध खोप पनि लगाइएको छ ।

सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिजको न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरणलगायत उपचार गरेपछि नियन्त्रणमा लिइएको स्थानमै छाडिने नगरप्रमुख श्रेष्ठको भनाइ छ । कुकुरको आक्रमणबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै खोज दिइएको उहाँले बताउनुभयो ।

तानसेन नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तानसेन पाल्पाको आयोजना, प्राविधिक तथा अनुसन्धानात्मक कामका लागि युवा समूहको प्राविधिक सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो ।

सर्जन डाक्टर अविनाश क्षेत्रीले शिविरबाट पहिलो चरणमा ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताउनुभयो । भुस्याहा कुकुरको सङ्ख्या बढ्न नदिने स्थायी उपाय बन्ध्याकरण गर्नु भएकाले २०३० सम्म विश्वव्यापी रुपमा रेविजबाट मृत्यूलाई शुन्य गराउने अभियानसहित कार्यक्रम गरिएको बताउनुभयो ।

क्षेत्रीले बजार क्षेत्रमा डुलिराख्ने सामुदायिक कुकुरले विशेष गरी विद्यार्थी र यात्रुलाई समस्या भइरहेको भन्दै पशुको कल्याण र मानवीय क्षति हुन नदिन अत्यन्त प्रभाकारी हुने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६