प्रदेश

दाङमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु



दाङ, १८ जेठ ।
दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको हो ।

विहीबार दिउसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा विहीबार राति ९ बजेतिर मृत्यु भएको हो ।

दाङ तुलसीपुर २ कुमलगडीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६