प्रदेश

अत्याधिक गर्मीका कारण बाणगङ्गा नगरका विद्यालय ६ दिन बन्द



बाणगङ्गा, जेठ १८ । कपिलवस्तु सहित तराई मधेशमा बढेको अत्याधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि बाणगङ्गा नगरपालिका भित्रका विद्यालय बन्द भएका छन । नगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरूको स्वास्थ्यमा समेत असर पर्ने भएकाले आगामी २० गतेदेखि २५ गते सम्म नगर भित्रका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीद्वारा हस्ताक्षरित सूचनामा वर्षे बिदाबाट कट्टा हुने गरी आगामी आइतबार देखि शुक्रबार सम्मका लागि ६ दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

पछिल्ला केही दिन यता बाणगङ्गा सहित कपिलवस्तु र तराइ मधेशका जिल्लामा अत्याधिक रुपमा गर्मी बढिरहेको छ । विहीबार कपिलवस्तुको सदरमुकाम तौलिहवाको तापक्रम ४६, बाणगङ्गाको ४३ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । तापक्रम ४० डिग्री भन्दा माथि पुगेपछि जनजिवन प्रभावित बनेको छ । गर्मी अझै केही दिन बढ्ने मौसमविद्हरूले बताएका छन ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६