प्रदेश

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बाणगङ्गाको अध्यक्षमा कार्की चयन




 
कपिलवस्तु, १९ जेठ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बाणगङ्गा नगरको अध्यक्षमा पुनः विश्व कार्की चयन हुनुभएको छ । शनिबार बाणगङ्गाको नन्दनगरमा भएको महासंघ बाणगङ्गाको  दोस्रो नगर अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत दोहोर्याएको छ । कार्की आगामी चार वर्षका लागि अध्यक्षमा चयन हुनुभएको हो ।

जसको उपाध्यक्षमा सन्जु सेन, सचिवमा खडानन्द गौतम, सह सचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा कल्पना पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा यमकुमारी गाह, प्रेम पौडेल, नवराज पन्त, विष्णु वि. सि. र शान्ता न्यौपाने चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक धुर्व बेल्बासेले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले आफूले विगतमा पनि हरेक परिवारको घरघरमा सुरक्षित खानेपानी पुर्याउन सक्रिय रुपमा लागेको स्मरण गर्दै त्यसलाई अझ सशक्त ढङ्ग बाट लैजाने बताउनुभयो ।

प्रकाशित : १९ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६