काठमाडौं २० जेठ । भारतीय टेलिभिजन एनडीटीभीले लोकसभा निर्वाचनको एक्जिट पोलले आंकलन गरेको नतिजा सार्वजनिक गरेको छ । विश्वकै सबै भन्दा ठूलो र लामो आम चुनाव भारतमा सकिएसँगै एक्जिट पोलहरुले नतिजा आंकलन गरेका छन् ।अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन् । एक्जिट पोल अनुसार भारतीय जनता पार्टी (बीजेपी) जोडिएको एनडीए गठबन्धनले ३५० सिट ल्याउने आंकलन गरेको छ । यो लोकसभाको सामान्य बहुमत २७२ भन्दा धेरै हो ।उता विपक्षी दलहरु मिलेर बनाइएको इण्डिया गठबन्धनले १५० सीट मात्रै ल्याउने एनडीटीभीको दाबी छ । भारतको सात चरणको चुनावको अन्तिम मतदान दिन आज थियो भने जुन ४ बाट गणना तथा औपचारिक परिणाम आउन सुरु हुनेछ ।
२० जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया