गण्डकी

बाग्लुङको बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र



बुर्तिबाङ, २० जेठ । बाग्लुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम शुरु भएको नौ वर्ष भइसके पनि लक्ष्य पूरा हुन सकेको छैन ।

२०७२ सालमा देशभर १० वटा नमूना शहर बनाउने सरकारको योजनाअनुसार बुर्तिवाङमा पनि बजेट विनियोजन गरेर काम शुरु भएको थियो । बुर्तिबाङ बजारमा नयाँ शहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको स्थानीय बताउँछन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै पर्ने बुर्तिबाङ बजार बाग्लुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । साँघुरो बजारमा साँघुरै सडक हुँदा पनि नयाँ शहर आयोजनाले सडकलाई व्यवस्थित बनाउन सकेको छैन । नयाँ शहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासी, आवश्यकताअनुसार उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजारलगायत पूर्वाधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको नयाँ शहर आयोजना कार्यालयका लेखा प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

सङ्घीय सरकारले नयाँ शहर आयोजनाका लागि बुर्तिबाङमा मात्रै अहिलेसम्म ६७ करोड ३७ लाख ५४ हजार रुपैयाँ लगानी गरेको छ । आवश्यकताअनुसारको बजेट नआउँदा अपेक्षाअनुसार काम गर्न नसकिएको आयोजना कार्यालयका लेखा प्रमुख पौडेलले बताउनुभयो । रासस

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६