प्रदेश

हावाहुरीका कारण शितगंगामा टेलिफोन सेवा अवरुद्ध, विद्यालयको छानो पनि उडायो



अर्घाखाँची, २० जेठ । गएराति पानी सगै आएको हावाहुरीले अर्घाखाँचीको विभिन्न ठाउँमा जडान गरिएको ११ र ३२ केबि बिधुत प्रशारण लाइनको मेन र शाखा लाईनमा समस्या आएपछि बिधुत अवरुद्ध भएको छ । लामो समय सम्म बिधुत अवरुद्घ हुँदा टेलिकमको टावरमा आवश्यक ब्याकप बेट्री नहुदा टेलिफोन सेवा समेत अवरुद्घ भएको छ ।

बिधुत गएपनि टेलिफोन टावरमा कम्तिमा दुई दिन टिकाउ हुने आवश्यक ब्याकप बेट्री टेलिकमले जडानमा वेवास्था गर्दा सेवाग्राही मर्कामा परेका हुन् । जिल्लाको प्रायजसो स्थानमा टेलिकमको टावर जडान गरिएको छ । तर ब्याकप सहित जडान नहुदा बिधुत जाने बित्तिकै टेलिफोन सेवा अवरुद्घ हुँदै आएको छ ।

जिल्लाको ६ स्थानीय तह रहेको केन्द्र जहाँ धेरै जनघनत्व रहेको छ त्यहाँ टावर सगै लामो समय टिकाउ हुने ब्याकप बेट्री जडान गर्न आवश्यक देखिन्छ । जिल्लाको दक्षिणी क्षेत्र शितगंगा नगरपालिकाका नागरिकले अझ बढि यो समस्या झेल्दै आएका छन् ।

गएराति आएको हावाहुरीले शितगंगा १४ गन्दि आधारभुत बिधालयको ७ कोठे भवनको छानो उडाएर क्षेति पुराएको छ । बालबिकास कक्षा देखि कक्षा ५ सम्म रहेको बिधालयको सबै कोठाको छानो उडाएको बिधालयका प्रधानाध्यापक चुमानिसंह रानाले जानकारी दिए ।

यस बिधालयमा ५७ जना बिधार्थी रहेका छन् । हावाहुरीले क्षेति गरेपछि जनप्रतिनिधि तथा प्रहरीलाई तत्काल खबर गरेपनि अहिले सम्म घटनास्थलमा नआएको प्रअ रानाको गुनासो छ । यस बिधालयमा झन्डै डेढ किलोमिटर टाढाबाट बिधार्थी पढ्न आउने गर्दछन् । ९५ घरधुरीका बिधार्थीलाई लक्षित गरि संचालन हुँदै आएको यस बिधालयमा बाख्रे, न्युरे, फेरा,काउले, माझगाउँ लगायतका ठाउँ बाट बिधार्थी पढ्न आउने गर्दछन् । यो बिधालयमा २ जना स्थायी , २ जना अस्थायी ,१ जना निजी ,१ जना बालविकास गरि ६ जना शिक्षक र १ जना परिचर गरि ७ जना रहेका छन् । अहिले बिधार्थीलाई राखेर पढाउने ठाउँ नै छैन , पानी पर्दा के गर्ने भन्नि चिन्ताले सताउने गरेको प्रअ रानाको गुनासो छ । हावाहुरीले लाखौंको क्षेति गरेको छ । अहिले सम्म नत जनप्रतिनिधि नत प्रहरी प्रशासन नै अहिले सम्म कोहि आएको छैन उनले गुनासो पोखे ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६