प्रदेश

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ




दाङ, जेठ २० गते । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनुभएको हो ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गरेको थियो । खनालले यसअघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गर्नुभएको हो । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ निवासी खनालले गएको वर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गर्नुभयो । उहाँसँग यसअघि चक्रपाणि खनाल सङ्घको कृषिमन्त्री हुँदा स्वकीय सचिव भएर काम गरेको अनुभव छ भने सहकारी, शिक्षा, गैरसरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।

यस्तै प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्जसमेत रहनुभएका आचार्यलाई मुख्यमन्त्री महराको सचिवालयमा रहने गरी नियुक्त गरिएको हो । उहाँले राज्यमन्त्री सरहको सेवासुविधा पाउनुहुनेछ । आचार्यले आज पदभार ग्रहण गर्नुभएको छ ।

अर्थ तथा विकास विज्ञमा तुलसीपुरका सुशान्त बौद्धिक नियुक्त हुनुभएको छ । उहाँ यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थविज्ञका रूपमा कार्यरत हुनुहुन्थ्यो । वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँसँग लन्डनकै एक इकोनोमीक कम्पनीमा अर्थशास्त्रीका रूपमा काम गरेको अनुभव छ ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६