प्रदेश

बाणगङ्गा माध्यामिक विद्यालय लौगाईको अध्यक्षमा पौडेल




बाणगङ्गा, २० जेठ ।

वाणगङ्गा माध्यमिक विद्यालय लौगाई कपिलवस्तुको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन भएको छ । आइतबार विद्यालयमा भएको भेलाले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हुमनाथ पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै  वडा अध्यक्ष तथा समितिका सदस्य बाबुराम अर्याल,  गीता भुसाल, मोतिलाल भण्डारी, शान्ता अधिकारी, माया पोख्रेल घिमिरे, धनिसरा रावत, प्रधानाध्यापक कुलराज पौडेल र १ जना शिक्षक प्रतिनिधि रहेका छन् ।  

यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा देवि पौडेल सर्वसम्मत चयन भएका छन् । जसको
सदस्यहरूमा सावित्रा रेग्मी, कृष्ण प्रसाद पोखेल, लक्ष्मी गैरै, अमर कंडेल, सावित्रा घिमिरे, मिना पौडेल बेल्बासे बाबुराम थारू  लगायत रहेका छन् ।

यता सल्लाहकारहरूमा हिमलाल पौडेल, डबल सिंह जि.सी. दिपक पन्थी, गुणनिधि भुसाल र उमेश चन्द्र पौडेल रहेका छन् । 

नव र्निवाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पौडेलले बोल्दै विकासको मुख्य आधार शिक्षा रहेको बताए। साथै उनले शैक्षिक क्षेत्रलाई अगाडि बढाउन हिजोको दिन देखि नै लाग्दै आएको बताउँदै आगामी दिनमा विद्यालयलाई नमुना बनाउन हरबखत लागि पर्ने प्रतिबद्धता जनाए ।

शिक्षक तारा प्रसाद पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका सञ्चालक समिति, सल्लाकार,अभिभावक,शिक्षक,बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६