प्रदेश

गुल्मीदेखि बुटवल हिडेको गरेको जिप दुर्घटना, १ महिलाको मृत्यु



बटवल, २१ जेठ । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पुर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । जिपमा चालकसहित ७ जना सवार रहेको प्रारम्भिक विवरणमा बताइएको छ । विस्तृत विवरण आउन बाँकी ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६