प्रदेश

लुम्बिनी प्रदेश सरकार विस्तार, कृष्णा केसी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री



कपिलवस्तु, २१ जेठ । लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्री मन्त्रीका रूपमा कृष्णा केसी थपिएकी हुन् ।

लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ । मुख्यमन्त्री जोख बहादुर महराले सोमबार दिउँसो नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । चैत २३ गते महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गत वैशाख १२ गते मन्त्रिपरिषद् बिस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्दा महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आफैँले राखेका थिए ।

नवनियुक्त मन्त्री केसीले आज नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६