अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः यस्ता छन् प्राथमिकता



कपिलवस्तु, २१ जेठ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 

सरकारको नीति तथा कार्यक्रमलाई कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । “व्यवसायिक कृषि, लुम्बिनी प्रदेशको समृद्धि” को नारा सहित सरकारले कृषि क्षेत्रको आयातलाई प्रतिस्थापन गर्ने नीति लिएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि क्षेत्र अन्तर्गत माटो सुधार गर्ने नीति तथा कार्यक्रम पनि लिएको छ । “स्वस्थ्य जीवनको आधारः माटोमा सुधार” उर्वरा शत्ती बढाउन जैविक पदार्थको वृद्धि गर्ने रैथाने बालीलाई संरक्षण गर्ने लक्ष्य छ । “किसानदेखि बजारसम्म” अवधारण लागु गर्ने उल्लेख छ । योजना बैंक खडा गरेर योजनाको प्राथमिकीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

लुम्बिनीका १२ जिल्लामा सञ्चालित भएका पुराना योजनालाई पूरा गर्ने लक्ष्य सरकारकाे छ ।

लुम्बिनीमा पर्यटक भित्र्याउने, प्रदेशभित्र पर्यटन प्रवर्द्धन गर्दै वन, कृषि, पर्यटन, उद्योग, जडीबुटीलगायत क्षेत्रबाट उद्यमशितलाको विकाससहित आर्थिक समृद्धिमा सम्पन्न प्रदेश बनाउने लक्ष्य सरकारले राखेको छ । लुम्बिनीमा उद्योगको विस्तार, सबैलाई सहज स्वास्थ्य सेवासहित सङ्घीयताको सबलीकरण, प्रदेशभित्रको स्रोत साधनको परिचलान जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । 

https://drive.google.com/file/d/1RgV5dXsZ72sAJCSzGXtcCjdErUzMID8X/view

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६