प्रदेश

आयुर्वेद उपचार सेवा लिने सेवाग्राही वृद्धि



कपिलवस्तु, २१ जेठ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको गणेशपुर आयुर्वेद औषधालयमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढेको छ । गाउँपालिकाको वडा ७ प्रसोहियामा रहेको औषधालयमा कृष्णनगर र भारतबाट स्वास्थ्य सेवा लिन आएपछि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको हो ।

केही वर्ष अघिसम्म आयुर्वेदप्रति खासै मानिसको चासो थिएन । अहिले दैनिक ३० देखि ५० जनासम्म चेकजाँच गर्न आउने गरेका छन् । आयुर्वेद स्वास्थ्यमा जनताले चासो दिन थालेका छन् । निःशुल्क उपचार र अन्य उपचार गरी निको नभएका बिरामीको रोजाइका कारण सेवा लिनेको सङ्ख्या बढ्दै भएको विमला चौधरीले बताउनुभयो ।

आयुर्वेद उपचार पद्धतिको प्रचारप्रसार गर्न सबै वडामा घुम्ती शिविर सञ्चालन, निःशुल्क औषधी उपचार, गाउँघर क्लिनिक व्यवस्था गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । उपचारका लागि आउनेमा अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दम, खोकी, हाड जोर्नी, नसा, आवाज रोकिने, बाथ, अम्लपित्त लगायत बिरामी छन् ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६