प्रदेश

बहादुरगञ्जमा क्याम्पस बन्ने, मेयर शाहद्वारा शिलान्यास



कपिलवस्तु, २१ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगञ्जमा १४ कोठे भवनको शिलान्यास गरिएको छ । नगर प्रमुख रजत प्रताप शाहले सोमबार सो भवनको शिलान्यास गरेका हुन् । क्याम्पस सञ्चालनका लागि १४ कोठे भवनको शिलान्यास गरिएको मेयर रजत प्रताप शाहले जानकारी दिए ।

मेयर शाहले संघीय सरकारको राष्ट्रिय योजना आयोग र कृष्णानगर नगरपालिकाको सहयोगमा १४ कोठे भवन निर्माणको कार्य सुरु गरिएको बताए । उच्च शिक्षा हासिल गर्न निकै कठिनाई रहेको अवस्था यसै क्षेत्रमा क्याम्पस सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको उनले बताए ।

क्याम्पस नहुँदा उच्च शिक्षा प्राप्त गर्न टाढा जानुपर्ने र गरिब विपन्न परिवारले आफ्ना छोराछोरीलाई पढाउन चुनौती थपिएको अवस्थामा नगरले क्याम्पस सञ्चालनको लागि अग्रसर भएको मेयर शाहले बताए ।

कृष्णनगरका इन्जिनियर प्रदिप चौधरीले संघीय सरकार र नगरपालिकाको ३ करोड ९६ लाख १५ हजार रूपैयाँको लागतमा क्याम्पस भवन निर्माण हुन लागेको जानकारी दिए । उनले भवन निर्माणको काम बालारुपी बिश्री जेभी लमही दाङले ठेक्का पाएको बताए ।

भवन शिलान्यास कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, ९ का वडा अध्यक्ष सतीश कुमार हरिजन, राम गोरखाका प्रअ प्रदीप सिंह, प्राविधिक प्रदीप चौधरी लगायात उपस्थित थियोे ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६