प्रदेश

बुटवल-गोरुसिंगे सडक पनि चिनियाँ कम्पनीले बनाउने, साढे १३ अर्बमा लाग्यो ठेक्का



काठमाडौं, २१ जेठ ।
। पूर्व पश्चिम राजमार्गको बुटवल-गोरुसिंगे चनौटा सडक विस्तारका लागि ठेक्का लागेको छ। सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले आयोजनाको पहिलो खण्ड बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो।

चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का पाएको छ।

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा यसअघि नै डिजाइन तयार भइसकेको छ।

पहिलो खण्डलाई पनि टुक्र्याएर ठेक्का लगाइएको छ। दुई चरणमा २५र२५ किलोमिटर सडक विस्तार गर्न लगिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा ठेक्का लगाइएको हो।

पहिलो खण्डमा सडक विस्तारका साथै सानाठूला ३० वटा पुल निर्माण गरिनेछ। ठेक्का सम्झौता अनुसार विभिन्न स्थानमा १५५ वटा कल्भर्ट तथा ६ वटा अन्डरपास र ओभरपास पनि निर्माण गरिनेछ। सडक विस्तारका लागि तीन वर्षको समय तोकिएको छ।

सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। चालु वर्षका लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको थियो।

बुटवलदेखि चनौटासम्मको खण्ड विस्तारका लागि भने डिजाइन तयार गर्नै बाँकी छ। यो खण्डमा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना छ।

निर्माण कम्पनी कस्ता ?

ठेक्का पाएको चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन करिब ८ दशक पुरानो हो। सन् १९५० मा स्थापना भएको शान्सी कन्स्ट्रक्सन चीनको ‘क’ वर्गको निर्माण कम्पनी हो। चीनका उत्कृष्ट ५०० निर्माण कम्पनीको सूचीमा शान्सी कन्स्ट्रक्सन पनि पर्छ।

यो कम्पनीसँग ताइपिङ रिभर ड्याम, सियन इन्टरनेसनल फुटबल सेन्टर, समुद्रमाथि पुल निर्माण लगायत ठूला प्रोजेक्ट बनाएको अनुभव छ।

यसैगरी आशिष निर्माण सेवा चार दशकदेखि सडक, पुल र अस्पताल निर्माणमा संलग्न छ। जनकपुर ढल्केबर, रानी(विराटनगर, कालिगण्डकी करिडोर, चोभारस्थित सुक्खा बन्दरगाह, दमकको भ्यु टावर, बुटवलको कन्भेन्सन हल बनाएको कम्पनी काठमाडौं(तराईरमधेश द्रुतमार्ग निर्माणमा पनि संलग्न छ। सडक विभागको बबरमहलस्थित भवन रेट्रोफिटिङको काम पनि यही कम्पनीले गरेको हो। साभार विजमाण्डु

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६