प्रदेश

उद्योग ब्यापार संघको अगुवाईमा भएको धुप बनाउने तालिम सम्पन्न, २७ जना महिलालाई सिप



कपिलवस्तु, २१ जेठ । बाणगङ्गा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले महिलालाई माथि उठाउन क्षमता विकास गर्दै आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभएको छ । हरेको क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन आर्थिक उन्नतिको विकल्प नभएको भन्दै सिप विकास बाट मात्र त्यसको सम्भव रहेको बताउनुभयो ।

कपिलवस्तु उद्योग ब्यापार संघद्वारा आयोजित ५ दिने बाटेको धुप बनाउने तालिमको आज समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उपप्रमुख चौधरीले नगरपालिकाले पनि महिलाको क्षमता विकास गर्न हरेक वर्ष विभिन्न कार्यक्रम ल्याउने गरेको भन्दै ब्यापार संघ जस्ता अन्य संघ संस्थाहरु सङ्ग सहकार्य गर्न पालिका तयार रहेको बताउनुभयो । परिवारमा हुने प्राय झगडा अर्थकै कारण हुने गरेको भन्दै आर्थिक स्तर विकास गर्न सके पारिवारिक झैझगडा पनि नियन्त्रण हुने बताउनुभयो । यहाँ सिकेको सिपलाई व्यवहामा लागु गर्न पनि उपमेयर चौधरीले आग्रह गर्नुभयो ।

कार्यक्रम माथि प्रकाश पार्दै कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले महिलाहरुको क्षमता विकास गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरेको बताउनुभयो । ब्यापार संघ सधै उद्योगी व्यवसायीको पक्षमा रहेको भन्दै आगामी दिनमा अझ एडभान्स तालिम सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक पुष्पा अधिकारीले सिकारु र संस्थाले मागेको खण्डमा आफु यस्ता सिप सिकाउन तत्पर रहेको बताउनुभयो । त्यस्तै सहभागीहरुले अहिले बजारमा माग भएका वस्तुहरु बनाउने सिप सिक्न पाएको भन्दै खुसि व्यक्त गरेका थिए ।

तालिममा सहभागी २७ जाना सिकारुहरुलाई प्रमाणपत्र सहित बिदाइ गरिएको थियो । कार्यक्रमकी संयोजक नमुना पडेलको अध्यक्षता, माधव भाट को सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षार्थी, ब्यापार संघका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६