अर्थ-वाणिज्य

सुसाइट नोट लेख्दै १० तले सरकारी भवनबाट हामफालिन २७ वर्षीया युवती




काठमाडौं २१ जेठ । भारतको मुम्बईमा एक २७ वर्षीया युवतीले सरकारी भवनको १० औं तलाबाट हामफालेर प्राण त्यागेकी छिन् । महाराष्ट्र क्याडर आईएएस अधिकारी विकास रस्तोगी र राधिका रस्तोगीकी २७ वर्षीया छोरी लिपी रस्तोगीले सरकारी भवनको दशौं तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् ।विकास रस्तोगी शिक्षा विभागका सचिव हुन् भने राधिका रस्तोगी मुद्रा विभागकी सचिव । लिपीले सोमबार बिहान ४ बजे नरिमन पोइन्टस्थित सरकारी निवासको १०औं तलाबाट हाम फालेको प्रहरीले जनाएको छ । उनलाई तत्काल जीटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले लिपी डिप्रेसनमा रहेको दाबी गरेको छ । उनी हरियाणाको सोनीपतमा एलएलबी पढ्दै थिइन् र आफ्नो पढाइप्रति तनावमा थिइन् । प्रहरीले सुसाइड नोट पनि फेला पारेको जनाएको छ । जसमा उनले आफ्नो मृत्युका लागि कसैलाई दोष नदिन भनेकी छन् । दैनिक भास्करबाट

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६