अर्थ-वाणिज्य

मन्त्रिपरिषद् हेरफेरको तयारी : रञ्जीता पर्यटनमन्त्री बन्दै




काठमाडौँ २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । दाहालले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउने गरी मन्त्रिपरिषद्‌मा हेरफेर गर्न लागेका हुन् ।प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी गरेको उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।
प्रधानमन्त्रीज्यूसँग कुराकानी भएको छ । उहाँले हामीलाई पनि समेटेर मन्त्रिपरिषद् हेरफेर गर्ने भन्नुभएको छ, अध्यक्ष श्रेष्ठले ईकान्तिपुरसँग भनिन्, प्रधानमन्त्रीले हामीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने वचन दिनुभएको छ । हाल सो मन्त्रालयमा माओवादी केन्द्रका हितबहादुर तामाङ मन्त्री छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नागरिक उन्मुक्तिलाई सरकारमा समावेश गर्न लागेका हुन् ।नागरिक उन्मुक्ति पार्टीमा रेमश चौधरी र रञ्जिता श्रेष्ठ समूहबीच विवाद छ । श्रेष्ठ पहिले वर्तमान सरकारको समर्थनमा छिन् । चौधरी भने विपक्षी गठबन्धनमा छन् । सुदूरपश्चिममा चौधरीको प्रभाव छ ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६