प्रदेश

नुहाउने क्रममा करेन्ट लागेर मृत्यु



बर्दिया, २२ जेठ । नुहाउने क्रममा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । मधुबन नगरपालिका ७ भन्सार टोल बस्ने मनोज कर्णको छोरा १४ वर्षीय आयुश कर्णको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घर पछाडि रहेको सिँचाइ गर्नको लागि बनाएको बोरिङमा मोटर जडान गरी नुहाउने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६